चन्द्रागिरी नगरपालिका स्थित वडा नं ९ र १० भएर बग्ने खोलामा एक्कासी लेदो माटो सहित पानीको बहाब बढे पछी वरिपरिका बासिन्दा त्रासमा छन् भने पक्की सडक र नहरमा नराम्ररी क्षति पुगेको स्थानीयहरु बताउँछन् । अकस्माथ खोला र सडकमा लेदोको भेल आएपछी आत्तिएका केहि सर्बसाधारण घाइते समेत हुन पुगेका छन् । माटो संगै बगेको रुख ढुङ्गाले खोलाको सतह बढेको छ । जिल्ला बन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले एक हप्ता अघि नै सम्बन्धित कम्पनीलाइ काम रोक्न पत्र काटीसकेको जानकारी दिएको बताए । त्यस्तै उनले सामुदायिक बनमा भएको क्षति यकिन गरेर क्षतिपूर्तिको लागि ताकेता गर्न सकिने कानुनी प्राबधान रहेको जानकारी दिए । स्थानियबासीले पटक पटक केबलकार कम्पनीलाइ यस खालको खतराको बारेमा जानकारी गराउँदा समेत दुर्घटना भइसकेपछी मात्र माटो पन्छाउन ताकेता गर्ने गरेको स्थानीयको गुनासो रहेको छ ।
फेसबुक न्युज फिडमा परिवर्तन, लाइक बढाएर वेबसाइट चलाउने दिन गए
Technology
फेसबुक प्रयोग गर्दै जाँदा साथीहरु थपिने र लाइक गरेका पेजहरु थपिने क्रम पनि बढ्दै जान्छ । तपाई दिनमा एक वा दुई घण्टा फेसबुक चलाउँनु हुन्छ भने तपाईले फेसबुकमा भएका धेरै कुराहरु देख्न छुटाउँनु भएको हुन्छ
। न्युज फिडमा लगातार थपिइरहेका पोस्टहरुले पुराना पोस्टहरु छोपिदै जान्छन् भने कति त तपाईको न्युज फिडमा आइ पुग्न पनि सक्दैनन् । संसारभरका फेसबुक प्रयोगकर्ताले यो समस्या भोगिरहेका हुन्छन् जसमा उनीहरुले आफ्नै साथीका स्टाटस अपडेटहरु हेर्न पाइरहेका हुदैनन् ।
तर अब यो समस्या केहि हदसम्म हट्ने देखिएको छ । फेसबुकले गत जुन २९ मा आफ्नो न्युज फिडमा देखिने पोस्टहरुको प्राथमिकतामा महत्वपुर्ण परिवर्तन गरेको छ । उसले न्युज फिडमा पोस्टहरु देखिने प्राथमिकता फेरवदल गर्दै सबैभन्दा माथी परिवार वा साथीहरुका स्टाटस देखिने बनाएको छ र त्यसपछि मात्रै तपाईले लाइक वा फलो गर्नु भएका पेजहरुका अपडेटहरु देखिनेछन् ।
फेसबुकका इन्जिनियरिङ निर्देशक लार्स ब्याकस्ट्रोमले जुन २९ मा एउटा ब्लग प्रकाशित गर्दै भनेका छन् कि फेसबुक बनेकै परिवार र साथीहरुलाई जोड्नका लागि हो । फेसबुक सँधै यो कुराको हेक्का राखिरहने छ । यसैले अब आउँदो परिवर्तन न्युज फिडलाई त्यस्तो बनाउँनु हुनेछ जसमा साथीहरुका पोस्टहरु छुटाउँनु नपरोस् ।
Facebookनयाँ होइन, पहिलेको काम कै निरन्तरता
लार्सले भने जस्तै फेसबुकले परिवार र साथीहरुलाई प्राथमिकता भने पहिले देखि नै राख्दै आएको थियो । २०१५ को अप्रिलमा पनि न्युज फिडमा परिवर्तन गर्दै परिवार र साथीहरुलाई मुख्य प्राथमिकता दिने तर्फ फेसबुकले काम गरिरहेको बताएको थियो । तर त्यसपछि पनि पैसा तिरेर फैलाइएका पोस्टहरुको भिडमा परिवार र साथीहरुको पोस्ट छुट्ने सम्भावना अधिकतम हुने गर्दथ्यो । तर अहिले भने महत्वपुर्ण परिवर्तन गर्दै यो नियमहरु लागू गर्न सुरु गरेको छ । अबका दिनहरुमा क्रमश: न्युज फिडबाट सामान्यतया पेजहरुका पोस्टहरु तल, झन तल र अझ तल हुदै जानेछन् ।
पेजमा लाइक बढाएर साइट चलाउँनेहरुलाई सास्ती
यसले फेसबुकमा पेजको लाइक बढाएर त्यसकै आडमा वेबसाइटहरुको व्यवसाय गरिरहेकाहरुलाई भने झड्का लाग्ने देखिन्छ । खास गरि तिनीहरु जो क्लिकबेट (आकर्षक फोटो वा शिर्षक राखेर लिंकमा क्लिक गराउँने) मा पोख्त छन् तिनीहरुलाई यसले धेरै हदसम्म तह लगाउँने छ ।
लार्सले भनेका छन् – यसले पेजहरुको पहुँचमा असर गर्न सक्छ तर मानिसहरु पेजका पोस्टहरुमा कुनै गतिबिधीहरु जस्तै सेयर, लाइक वा कमेन्ट गर्छन् भने चै नकारात्मक असर कम पर्नेछ । तर यदि कुनै वेबसाइटको प्रयोगकर्ता तान्ने मुख्य आधार नै पेजहरुको पोस्ट हो भने चै त्यस्ता पेजहरुले उल्लेखनिय रुपमा भिजिटरहरु गुमाउँनेछन् ।
फेसबुकले यहि परिवर्तनलाई कायम राख्यो भने लाइक बढाएर वेबसाइट चलाउँने दिन गए भन्दा हुन्छ । तर यसले फेसबुक स्वयमलाई पनि ठुलो आर्थिक घाटा पर्ने हुन्छ ।
फेसबुकले यहि परिवर्तनलाई कायम राख्यो भने लाइक बढाएर वेबसाइट चलाउँने दिन गए भन्दा हुन्छ । तर यसले फेसबुक स्वयमलाई पनि ठुलो आर्थिक घाटा पर्ने हुन्छ किनकि, पेजको पहुँच नै कम भयो भने पेजको लाइक बढाउँन कम्पनी तथा व्यक्तिहरुले गर्ने खर्च कटौति गर्न बाध्य हुन्छन् ।
नेपाली प्रयोगकर्तामा के असर पर्नेछ ?
अधिकांश परिवर्तनहरु विस्तारै लागू गर्दै जाने फेसबुकले यो परिवर्तन अलिक छिटो छिटो लागू गरे जस्तो देखिन्छ । केहि नेपाली अनलाइन साइट धनीहरुले आफ्नो साइटको भिजिटर ह्वात्तै घटेको जानकारी गराउँन थालेका छन् भने केहिको क्रमश: घट्दै गरेको बताएका छन् । यसैले अबका दिनमा फेसबुक लाइक धेरै बनाएर न्युज साइट तथा अन्य साइट चलाइरहेका अनलाइनहरुलाई भने समस्या पर्नेछ । उनीहरुको भिजिटर तान्ने मुख्य आधार भनेकै धेरै लाइक भएको आफ्नो फेसबुक पेजका पोस्टहरु थिए ।
ब्रान्ड बनाइसकेका अथवा भनौँ सोझै तिनै साइटहरुमा पुग्ने भिजिटरका संख्या धेरै भएका साइटहरुलाई भने प्रतिस्प्रधी घट्ने भएका कारण सकारात्मक असर पर्नेछ । तिनीहरुका भिजिटर थप बढ्नेछन् ।नेपालीटेक ब्लग्बाट

Subscribe to:
Posts (Atom)